“सुन्दर नेपाल खुसी नेपाली” फोटो प्रतियोगिता


सुन्दर नेपाल खुसी नेपाली बारेमा व्याख्या

नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश हो । यहाँ तराईका उष्ण फाँटदेखि उच्च हिमाली शृंखलासँगै विभिन्न जातजातिको बसोबास छ । नेपाल भौगोलिक, जातीय र विविधतापूर्ण हावापानीका कारण प्राकृतिक र सांस्कृतिक सुन्दरताले भरिपूर्ण छ र समृद्धतर्फ उन्मुख छ ।
सुन्दरता सँगैसँगै हामी समझदार, मिलनसार र सहयोगी छाँै । ससाना खुसीमै रमाउने हाम्रो पहिचान हो । हामी एकअर्काको संस्कृति र चाडपर्वसमेत उल्लासपूर्ण रुपमा मनाउँछाँै । अनेकतामा एकता र विविधतामा रमाउने हामी नेपाली सुखी छौँ र त खुसी छाँै ।

यस फोटो प्रतियोगितामा नेपालको कलासंस्कृति, प्राकृतिक स्रोत, सम्पदा, समृद्धि, खुसी र सुख झल्कने फोटो वा यसै सम्बन्धित ‘कला फोटोग्राफी’ समेत पठाउन सकिनेछ ।


प्रतियोगिताका नियमहरु

  • प्रतियोगितामा सहभागी हुन कुनै शुल्क लाग्ने छैन ।
  • सहभागी नेपालको नागरिक हुनु पर्नेछ ।
  • प्रतियोगिताका लागि पठाएको तस्बीर नेपालमै खिचिएको र फोटोगाफर आफैले खिचेको हुनु पर्नेछ । तेस्रो पक्षको स्वामित्व र नियन्त्रण भएको तस्बीर हुनु हुँदैन, जसमा कुनै व्यक्ति वा संस्थाको प्रतिलिपि अधिकार, ट्रेडमार्क, नैतिक अधिकार र गोप्यनियताको अधिकार÷प्रचार अथवा बौद्धिक सम्पत्तीको अधिकारको उल्लंघन भएको हुनु हँदैन ।
  • सहभागीले कुनैपनि प्रतियोगितामा पुरस्कृत भएको तस्बीरहरु यो प्रतियोगिताका लागि पेश गर्न पाउने छैनन् ।
  • सहभागीहरुले बढिमा ५ वटासम्म तस्बीर पठाउन सक्नेछन् ।
  • यस प्रतियोगतिमा सहभागी हुनका लागी १ मंसिर २०७५ देखी १५ मंसिर २०७६ साल भित्रमा खिचिएका तस्बीरहरु मात्रै पेश गर्न सकिनेछ ।
  • नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा गठन गरिएको निर्णयक मण्डलले विजेताहरु र प्रदर्शनीहरुका लागि तस्बीरहरु छनौट गर्नेछन् । निर्णयक मण्डलद्वारा गरिएको निर्णय नै अन्तिम हुनेछ । निर्णयक मण्डलले फोटोहरु छनौट हुनु र नहुनुका कुनै पनि कारण बारे व्याख्या गर्ने छैन ।
  • प्रतियोगिताको विजेताहरु पुरस्कार वितरण समारोहमा घोषणा गरिनेछ ।
  • प्रतियोगिता अवधिमा विवाद उत्पन्न भएमा आयोजक समितिद्वारा गरिएको निर्णय नै अन्तिम हुनेछ ।
  • प्रतियोगिताका सहभागीले निर्णय समाप्त भएपछि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले मागेको खण्डमा ठूलो साईज उच्च रिजोल्युसन भएको तस्बीर उपलब्ध गराउनु पर्नेछ ।

तस्बीरको आकार तथा सम्पादनका नियमहरु

  • आर्ट फोटोग्राफीका परिधि भित्र रहि खिचेका सबै फोटोहरु स्वीकार्य हुनेछ ।
  • वाटरमार्क भएका तस्बीरहरु स्वीकार्य हुने छैन ।
  • तस्बीरका सन्दर्भहरु फेरबदल गर्न पाईने छैन । फोटोग्रापीको क्षेत्रमा हाल मान्यता प्राप्त मापदण्डलाई अनुशरण गरेर गरिएका फेरबदललाई मात्र स्वीकार गरिनेछ । ती मापदण्डहरुको निर्णय गर्ने अन्तिम अधिकार निर्णायक मण्डलमा हुनेछ । त्यसैले निर्णायक मण्डलले क्यामराले रेकर्ड गरेको वास्तविक वा फेरबदल नगरिएको नेगेटिभ वा सलाइड जस्ताको तस्तै झिकाउन सक्नेछ ।
  • बेसिक ईडिटिङ्ग र हल्का कलर ईनहान्स गरिएको , फिल्टर प्रयोग तथा क्रपिङ्ग लगायतका सम्पादन गरिएका तस्बीरहरु स्वीकार्य हुनेछन ।
  • भ्रम पैदा गर्न प्रयोग गरिएको सम्पादन, छल वा हेरफेर तथा तस्बीरको फ्रेमभित्र कुनै विशेष कुराहरु थप्न वा हटाउन प्रतिबन्ध गरिएको छ ।
  • सबै तस्बीरहरु डिजिटल फाईलमा हुनु पर्छ । अरु ढाँचाबाट लिईएका तस्बीरहरु स्क्यान गरिनु पर्नेछ । र, डिजिटल ढाँचामा पेश गरिनु पर्नेछ । तस्बीरको डाईमेन्सन ३००० पिक्सल (चौडाई तर्फबाट), ३०० डिपिआई र फाईलको साईज कम्तीमा २ एमबीसम्म हुनु पर्नेछ । तस्बीरहरु जेपिजी ÷जेपिइजी फाईल ढाँचामा हुनु पर्नेछ ।

प्रतिलिपि अधिकारका नियमहरु

  • नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँग तस्बीरहरु प्रचारमा प्रयोग गर्नका लागि दुई वर्षको मात्र प्रतिलिपि अधिकार हुनेछ । तस्बीरहरुको प्रयोग गर्दा त्यसको सबै क्रेडिट फोटोग्राफरलाई दिइनेछ ।
  • सहभागीमा आफ्नो तस्बीरहरुको सर्वाधिकार हुनेछ । यद्यपि, फोटो प्रतियोगितामा प्रवेश गरेर सहभागीले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सरकारलाई प्रर्दशन, वितरण, पुनउत्पादन (सबै वा केहीको) हाल कायम रहेका कुनै पनि मिडिया ( जस्तै प्रकाशन, वेबसाइट, सोसल मिडिया) अथवा कुनै शैक्षिक कार्य, प्रवर्धन, प्रचार, प्रदर्शन, अभिलेख वा वौद्धिक कार्यका लागि तीन वर्षको अनुमति प्रदान गर्नेछन् । प्रत्येक पल्ट तस्बीर प्रयोग गर्दा फोटोग्राफरलाई क्रेडिट दिइनेछ ।
  • सहभागीले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानलाई फोटोबुकमा फोटो प्रकाशित गर्नका लागि अनुमति दिनुपर्नेछ । फोटोबुकमा समावेश गर्दा फोटोग्राफरलाई क्रेडिट दिनुका साथै प्रतिष्ठानको आफ्नै निर्णयले अन्य सुविधाहरु पनि उपलब्ध गराउन सकिनेछ ।
I agree to terms & conditions.