नियमहरू
- प्रतियोगितामा सहभागी हुन कुनै शुल्क लाग्ने छैन ।
- सहभागी नेपालको नागरिक हुनु पर्नेछ ।
- प्रतियोगिताका लागि पठाएको तस्बीर नेपालमै खिचिएको र फोटोगाफर आफैले खिचेको हुनु पर्नेछ । तेस्रो पक्षको स्वामित्व र नियन्त्रण भएको तस्बीर हुनु हुँदैन, जसमा कुनै व्यक्ति वा संस्थाको प्रतिलिपि अधिकार, ट्रेडमार्क, नैतिक अधिकार र गोप्यनियताको अधिकार÷प्रचार अथवा बौद्धिक सम्पत्तीको अधिकारको उल्लंघन भएको हुनु हँदैन ।
- सहभागीले यस अघिका प्रतियोगितामा पेश गरेका तस्बीरहरु यो प्रतियोगिताका लागि पेश गर्न पाउने छैनन् ।
- सहभागीहरुले सबै विधामा भाग लिन पाउनेछन् र प्रत्येक विधामा लागि बढिमा ३ वटासम्म तस्बीर पठाउन सक्नेछन् । सहभागीले समग्रमा फोटो कथा बाहेक बढिमा १८ वटा तस्बीर राख्न सक्नेछन् । त्यो भन्दा बढि पठाएमा अयोग्य ठहरिने छ ।
- फोटो कथामा सहभागीले २ वटासम्म कथा पठाउन सक्नेछन् । प्रत्येक कथामा कम्तिमा ६ वटा देखि बढिमा १२ वटासम्म तस्बीर समावेश गरिएको हुनु पर्नेछ ।
- समाचार विधाका लागि १ बैशाख २०७५ देखी ३० चैत्र २०७५ साल भित्रमा खिचिएका तस्बीरहरु मात्रै पेश गर्न सकिनेछ ।
- ’नेपाल स्माईल’ विधा ः यस विधाका लागि तस्बीरहरु पेश गर्दा विभिन्न प्रदर्शनीहरुमा कल्याणकारी कामको लागि अर्थ संकलन गर्न पिजे क्लब नेपालद्वारा तोकिएको मूल्यमा ती तस्बीरहरु बिक्री गर्न सक्ने कुरामा फाटोग्राफरहरुको स्वतः सहमति हुनेछ । संकलन गरिएको रकमबाट फाटोग्राफरले ३० प्रतिशत रकम प्राप्त गर्नेछन् ।
- पिजे क्लब नेपालद्वारा गठन गरिएको निर्णयक मण्डलले विजेताहरु र प्रदर्शनीहरुका लागि तस्बीरहरु छनौट गर्नेछन् । निर्णयक मण्डलद्वारा गरिएको निर्णय नै अन्तिम हुनेछ । निर्णयक मण्डलले फोटोहरु छनौट हुनु र नहुनुका कुनै पनि कारण बारे व्याख्या गर्ने छैन ।
- प्रतियोगिताको विजेताहरु पुरस्कार वितरण समारोहमा घोषणा गरिनेछ ।
- प्रतियोगिता अवधिमा विवाद उत्पन्न भएमा आयोजक समितिद्वारा गरिएको निर्णय नै अन्तिम हुनेछ ।
- प्रतियोगिताका सहभागीले निर्णय समाप्त भएपछि क्लबले मागेको खण्डमा ठूलो साईज उच्च रिजोल्युसन भएको तस्बीर उपलब्ध गराउनु पर्नेछ ।
तस्बीरको आकार तथा सम्पादनका नियमहरु
- तस्बीरका सन्दर्भहरु फेरबदल गर्न पाईने छैन । फोटोग्रापीको क्षेत्रमा हाल मान्यता प्राप्त मापदण्डलाई अनुशरण गरेर गरिएका फेरबदललाई मात्र स्वीकार गरिनेछ । ती मापदण्डहरुको निर्णय गर्ने अन्तिम अधिकार निर्णायक मण्डलमा हुनेछ । त्यसैले निर्णायक मण्डलले क्यामराले रेकर्ड गरेको वास्तविक वा फेरबदल नगरिएको नेगेटिभ वा सलाइड जस्ताको तस्तै झिकाउन सक्नेछ । उच्च डायनामिक रेञ्ज (एचडीआर)का तस्बीरहरु तथा वाटरमार्क भएका तस्बीरहरु स्वीकार्य हुने छैन । विभिन्न तस्बीरहरु जोडी बनाइएको पानोरामिक तस्बीर स्वीकृत हुनेछ तर तस्बीरको बारेमा विशेष व्याख्या गरिएको हुनु पर्नेछ । भिडियोबाट बनाइएको स्थीर स्क्रिनसर्ट तस्बीरहरु स्वीकार्य हुने छैन ।
- बेसिक ईडिटिङ्ग र हल्का कलर ईनहान्स गरिएको , फिल्टर प्रयोग तथा क्रपिङ्ग लगायतका सामान्य सम्पादन गरिएका तस्बीरहरु स्वीकार्य हुनेछन् किनभने त्यसले सम्पादन गरिएका तस्बीरहरुको वैधानिकता ÷वास्तविकतामा कुनै असर गर्दैन ।
- भ्रम पैदा गर्न प्रयोग गरिएको सम्पादन, छल वा हेरफेर तथा तस्बीरको फ्रेमभित्र कुनै विशेष कुराहरु थप्न वा हटाउन प्रतिबन्ध गरिएको छ ।
- सबै तस्बीरहरु डिजिटल फाईलमा हुनु पर्छ । अरु ढाँचाबाट लिईएका तस्बीरहरु स्क्यान गरिनु पर्नेछ । र, डिजिटल ढाँचामा पेश गरिनु पर्नेछ । तस्बीरको डाईमेन्सन २००० पिक्सल (चौडाई तर्फबाट), ३०० डिपिआई र फाईलको साईज ८०० केबी देखि ८ एमबीसम्म हुनु पर्नेछ । तस्बीरहरु जेपिजी ÷जेपिइजी फाईल ढाँचामा हुनु पर्नेछ ।
- पेश गरिएका सबै तस्बीरहरुको वास्तविक ÷ सक्कली भ्ह्क्ष्ँ मेटाडाटा सुचनाहरु हुनु पर्नेछ । यद्यपि, तस्बीरमा बोर्डरहरु, लागोहरु, सर्वाधिकार चिन्ह, परिचय चिन्ह वा अन्य देखिने सन्दर्भहरु तथा चिन्हहरु नभएको हुनु पर्नेछ ।
प्रतिलिपि अधिकारका नियमहरु
- पिजे क्लब नेपालसँग तस्बीरहरु प्रचारमा प्रयोग गर्नका लागि तीन वर्षको मात्र प्रतिलिपि अधिकार हुनेछ । तस्बीरहरुको प्रयोग गर्दा त्यसको सबै क्रेडिट फोटोग्राफरलाई दिइनेछ ।
- साझेदारहरु / प्रायोजकहरु / समर्थकहरुले आफनो प्रचारमा प्रयोग गर्नका लागि सबै क्रेडिट फोटोग्राफरलाई दिई विजेता लगायत अन्य सबै तस्बीरहरु एक वर्षका लागि मात्र प्रयोग गर्न सक्नेछन् ।
- सहभागीमा आफ्नो तस्बीरहरुको सर्वाधिकार हुनेछ । यद्यपि, फोटो प्रतियोगितामा प्रवेश गरेर सहभागीले पिजे क्लब, नेपाल पयर्टन बोर्ड तथा यसका मिडिया साझेदारहरुलाई प्रर्दशन, वितरण, पुनउत्पादन (सबै वा केहीको) हाल कायम रहेका कुनै पनि मिडिया ( जस्तै प्रकाशन, वेबसाइट, सोसल मिडिया) अथवा कुनै शैक्षिक कार्य, प्रवर्धन, प्रचार, प्रदर्शन, अभिलेख वा वौद्धिक कार्यका लागि तीन वर्षको अनुमति प्रदान गर्नेछन् । प्रत्येक पल्ट तस्बीर प्रयोग गर्दा फोटोग्राफरलाई क्रेडिट दिइनेछ ।
- सहभागीले पिजे क्लबलाई फोटोबुकमा फोटो प्रकाशित गर्नका लागि अनुमति दिनुपर्नेछ । फोटोबुकमा समावेश गर्दा फोटोग्राफरलाई क्रेडिट दिनुका साथै पिजे क्लबको आफ्नै निर्णयले अन्य सुविधाहरु पनि उपलब्ध गराउन सकिनेछ ।
- अनलाइन दर्ताका लागि २०७६ माघ १५ मध्यरातसम्मको (जनवरि २९, २०२०) समयसिमा तोकिएको छ ।
- विजेताको घोषणा क्लबले आफ्नो वेबसाइट www.pjclub.com.np बाट गर्नेछ ।