Photo Story (3rd)
नेपालका ६८ बर्षे बिद्यार्थी:
नेपाली हजुरबुवा,दुर्गा कामी, आफ्नो झुसे दाह्री ब्रसले कोर्छन्, स्कूलको युनिफर्म लगाउँछन र लठ्ठीको सहायताले एक घण्टा भन्दा लामो यात्रा गरेर पढ्नको लागि कक्षामा पुग्छन् । उनले गरिबीका कारण आफ्नो विद्यालय शिक्षा पुरा गरेर एउटा शिक्षक बन्ने सपना पुरा गर्न सकेनन् । ६ जनाका पिता तथा ८ जनाका हजुरबुवा ६८ बर्षका उनी अहिले श्रीमतीको देहान्त पछि एक्लोपनबाट टाढा हुन र आफ्नो पढाई पुरा गर्न हरेक हप्ताको ६ दिन सम्म विद्यालय धाउँछन् । देशको राजधानी काठमाण्डौ देखि झण्डै २५० किलोमिटर (१५५ माईल) पर स्याङ्जा जिल्लाको बारम्बार बत्ती गईरहने र छत चुहीरहने एकान्तको एक कोठे घर भन्दा श्री काल भैरव उच्च मा.वि.को २०० जना विद्यार्थीको जमातले उनलाई फरक ढंगले स्वागत गरेको छ । १४–१५ बर्षका बालबालिकाहरु संगसंगै पढ्दै गरेका नेपालकै थोरै मात्र बृद्ध विद्यार्थीमा पर्ने कामी भन्छन्, “आफ्ना दुःखहरु विर्सन म विद्यालय आउँछु” । श्री काल भैरव उच्च माविका शिक्षक डि आर कोईरालाले कामीलाई विद्यालयमा निमन्त्रणा गरी आवश्यक मसलन्द, विद्यालयको पोशाक सहित खैरो ट्राउजर र निलो धर्काभएको टाई र सेतो सर्ट दिएको हो । कोईराला भन्छन्, मेरा पिता समान उमेरका मानिसलाई पहिलो पटक पढाउँदा म खुसी र उत्साहित भएको छु । विद्यालयको छात्रबृत्तीले खाना नदिने हुनाले विहान खाएको गुन्दु्रक र भातले उनलाई बेलुकी सम्म टिकाउनु पर्ने हुन्छ । १० कक्षाका २० जना विद्यार्थीहरुले उनलाई कामी बा भनेर बोलाउँछन् । आफ्नो पाको उमेरका बापजुद उनी कक्षाका साथिहरुसंग विद्यालय प्राङ्गणमा भलिबल खेल्ने लगायत सबै क्रियाकलापमा सहभागी हुन्छन् । उनका कक्षाका १४ बर्षीय साथी सागर थापा सुरुसुरुमा सोच्ने गर्थे रे, “किन यी कामी बा हामी संग पढ्न विद्यालय आउने गर्छन्,” तर आजकल उनलाई उनको संगत रमाईलो लाग्छ । सागर भन्छन्, “उनी पढाईमा अरु भन्दा अली कमजोर छन् तर यसमा हामी उनलाई सहयोग गछौं”। कामीले आफू मृत्यु पर्यन्त पढीरहने र आफू जस्तो सेतै दाह्री भएको मान्छेलाई विद्यालय जाँदै गरेको देख्दा अरुलाई समेत उमेरलाई तगारो नबनाई पढ्नको लागि उत्प्रेरणा मिल्ने आशा व्यक्त गर्नुभयो ।